मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘प्रदर्शनमा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग’ : ओली

1.7K
SHARES
‘प्रदर्शनमा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग’ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको दाबी गरेका छन् ।

गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दविरुद्ध प्रदर्शन गरेका थिए । सो क्रममा भदौ २३ गते राजधानीमै १७ जनाको ज्यान गएको थियो । त्यतिबेला ओली प्रधानमन्त्री थिए ।

घटनाको ११ दिनपछि शुक्रबार विज्ञप्ति जारी गर्दै ओलीले सरकारको आदेशमा गोली नचलेको दाबी गर्दै भने, ‘प्रदर्शनकारीमाथि ताकीताकी गोली हान्न आदेश दिइएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको छानबिन हुनुपर्छ ।’

तर, उनले उक्त दाबीको आधार वा प्रमाण भने स्पष्ट पारेका छैनन् । सुरक्षाकर्मीहरूले समेत हालसम्म स्वचालित हतियार प्रयोग भएकोबारे सार्वजनिक रूपमा केही बताएका छैनन् ।

ओलीले भदौ २३ गते संसद भवनअगाडि भएको प्रदर्शनतर्फ इङ्गित गर्दै गोली चलाउने आदेश आफूले नदिएको पुनः दोहोर्याए । सो दिन सुरक्षाकर्मीको गोली लाग्दा १७ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै सिंहदरबारदेखि नेताहरुको घरसम्म आगजनी भएको स्मरण गर्दै ओलीले आफू नेपाली सेनाको सुरक्षामा बस्नुपरेको बताए । राजीनामापछि उनको बालकोटस्थित घरमा समेत आक्रमण भएपछि उनी भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसिरहेका छन् ।

संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा भने ओली सहभागी भएनन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ०५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP