मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वराष्ट्रपति भण्डारी वीरगन्जमा, ५१ किलोको माला लगाएर भव्य स्वागत

1.5K
SHARES
पूर्वराष्ट्रपति भण्डारी वीरगन्जमा, ५१ किलोको माला लगाएर भव्य स्वागत

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पर्साको वीरगन्ज पुगेकी छन् । काठमाडौंबाट बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेकी भण्डारीलाई एमाले नेता–कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए ।

सिमरा विमानस्थलमै उनलाई ५१ किलोको माला लगाइदिएर सम्मान गरिएको थियो । स्वागतमा स्थानीय महिलाहरू समेत लामबद्ध भएर सहभागी भएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरूसँगको छलफल तथा अन्तरक्रियामा सहभागी हुन वीरगन्ज गएकी हुन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको पार्टी सदस्यता खारेज गरे पनि भण्डारी राजनीतिक गतिविधिबाट पछि हटेकी छैनन् । एमाले कार्यालयले ढोका बन्द गरेको अवस्थामा उनले भदौ ५ गते काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलेर राजनीतिक सक्रियता तीव्र बनाएकी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १४, शनिबार ०६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP