मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

असार ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

2.2K
SHARES
असार ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । आगामी असार ६ गते शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको हालैको कार्यतालिकामा उक्त कार्यक्रम उल्लेख गरिएको छ ।

संसद्को नियमित कार्यसूचीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर सत्र आयोजना हुँदै आएको छ । यो अभ्यासले सांसदहरूलाई राष्ट्रका प्रमुख नीतिगत तथा कार्यान्वयन पक्षमा प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्दै आएको छ ।

यस पटकको प्रश्नोत्तर सत्रमा विशेष गरी सरकारको बजेट कार्यान्वयन, सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, विकास आयोजनाहरूको प्रगति, भिजिट भिसा प्रकरणजस्ता पछिल्ला विवादहरू लगायत विषयमा सांसदहरूको चासो रहने अपेक्षा गरिएको छ ।

राजनीतिक रूपमा संवेदनशील समय पार गर्दै आयोजना हुन लागेको यो कार्यक्रम सत्तापक्ष र प्रतिपक्षबीचको बहसलाई थप तीव्र बनाउन सक्ने देखिएको छ । प्रतिनिधिसभामा हाल विपक्षी दलहरूले विभिन्न मुद्दामा आक्रोश पोखिरहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले कसरी जवाफ दिनेछन् भन्नेमा चासो बढेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ४, बुधबार १०:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP