मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढीपहिरो प्रभावितको राहत र पुनर्स्थापनाका लागि कांग्रेसले दियो एक करोड

390
SHARES
बाढीपहिरो प्रभावितको राहत र पुनर्स्थापनाका लागि कांग्रेसले दियो एक करोड

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट निम्तिएको पहिरोका कारण प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।

कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक बुझाएको थियो ।

विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारलाई आर्थिक सहयोग गरिएको महामन्त्री पौडेलले बताए ।

चेक हस्तान्तरणपछि पौडेलले विपद्को कठिन समयमा नेपाली कांग्रेस बाढीपहिरो प्रभावित नागरिकको साथमा रहेको बताए। उनले बाढीपहिरोका कारण सुरुङमार्गसहित विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षणसमेत गराए ।

उनले सुरुङमा फसेका तथा विभिन्न स्थानमा अलपत्र परेका नागरिकको उद्धारलाई तत्काल तीव्रता दिन सरकारसँग आग्रह गरे । उद्धारमा भइरहेको ढिलासुस्ती अन्त्य गर्दै प्रभावितको जीवनरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

पौडेलले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बस्तीका नागरिकको उद्धार तथा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन पनि माग गरे ।

त्यस्तै, राहत सामग्री तथा आर्थिक सहयोग वितरणमा पारदर्शिता कायम गर्न र आगामी दिनमा विपद् व्यवस्थापनको कामलाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउन सरकारलाई उनले आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २२, सोमबार ०९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP