मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचनमा गठबन्धन नगर्ने नेकपाको निर्णय : प्रचण्ड

923
SHARES
निर्वाचनमा गठबन्धन नगर्ने नेकपाको निर्णय : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।

बिहीबार बिहान बसेको नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गते हुने निर्वाचनमा नेकपा एक्लै प्रतिस्पर्धामा उत्रिने बताएका हुन् । बैठकमा सहभागी नेता लीलामणि पोखरेलका अनुसार प्रचण्डले तालमेलबिना नै नेकपालाई पहिलो शक्ति बनाउने लक्ष्य राखिएको बताएका थिए ।

प्रचण्डले जनताबाट अस्वीकृत भइसकेका शक्तिहरूसँग सहकार्य नगर्ने नीति पार्टीले लिएको उल्लेख गर्दै हालसम्मको चुनावी प्रचारको माहोल आफ्नो पक्षमा देखिएको दाबी गरे । उनले पार्टीका उम्मेदवारले जनस्तरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको र निर्वाचन परिणाम पनि अनुकूल आउने विश्वास व्यक्त गरे ।

बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पनि धारणा राखेका थिए । करिब एक घण्टा चलेको बैठकमा देशभरका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको बताइएको छ ।

यद्यपि, प्रचण्डले बागलुङ जिल्लामा भने राष्ट्रिय जनमोर्चासँग सीमित चुनावी तालमेल भएको जानकारी दिए । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी उम्मेदवार रहेका छन् भने बागलुङ–२ मा नेकपाका ज्ञाननाथ गैरे प्रतिस्पर्धामा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २२, बिहीबार ०९:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP