मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेता महेश बस्नेतमाथि ‘प्रतीकात्मक आक्रमण’, दुई युवा पक्राउ

1.5K
SHARES
नेता महेश बस्नेतमाथि ‘प्रतीकात्मक आक्रमण’, दुई युवा पक्राउ

विराटनगर । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलनजिक जेनजी समूहका युवाहरूले प्रतीकात्मक आक्रमणको प्रयास गरेका छन् । युवा संघको जनजागरण अभियानका लागि बस्नेत आज बिहान श्री एयरको १०ः५० बजेको उडानमार्फत विराटनगर अवतरण गर्नेबित्तिकै उनीविरुद्ध दुर्व्यवहार गरिएको हो ।

विमानस्थलको गेट नजिक बस्नेत, भानुभक्त आचार्यलगायत नेता सवार गाडी गुडिरहेको बेलामा दुई युवाले रातो मसी तथा बेलुनमा राखिएको रङ प्रहार गरेका थिए । घटनास्थलमा नै नियन्त्रणमा लिइएका युवाहरूले एमाले नेताहरू जेनजी आन्दोलनविरुद्ध सक्रिय भएको आरोप लगाउँदै ‘प्रतीकात्मक चेतावनी’ दिएको दाबी गरे ।

रातो मसी प्रहार गर्नेहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सञ्जोग गौतम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।

जेनजी समूहका अगुवा भावना राउतले बस्नेतमाथि रङ प्रहार भएको पुष्टि गर्दै, यो कार्य ‘असन्तुष्टिको संकेत’ मात्र रहेको बताइन् । उनका अनुसार, आन्दोलन न्यूनतम प्रतीकात्मक विरोधमार्फत पनि सन्देश दिन सक्षम रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनालाई आक्रमणको प्रयासका रूपमा लिएको बताइन् । उनका अनुसार, नेताहरूको स्कर्टिङ गरिएको भए पनि आकस्मिक रूपमा भएको घटनाले स्थानीय सुरक्षातन्त्र थप सतर्क बन्नुपर्ने देखिएको छ । उनले बस्नेत सकुशल रहेको र घटनास्थलमा तत्कालै नियन्त्रण लिएर अवस्था सामान्य बनाइएको जानकारी दिइन् ।

जेनजी आन्दोलन र एमालेबीच पछिल्ला दिनमा घर्षण बढ्दै गइरहेका बेला बस्नेतमाथिको यो घटना राजनीतिक वातावरण झनै तात्ने संकेतका रूपमा हेरिएको छ । बाराबाट सुरु भएको द्वन्द्व, ज्ञापनपत्र विवाद र लगातार भइरहेका भिडन्तमाझ एमाले नेता लक्षित विरोध बढ्नुले प्रदेश १ मा समेत जेनजी समूहको सक्रियता तीव्र हुँदै गएको विश्लेषकहरूको भनाइ छ ।

यसले आगामी दिनमा राजनीतिक तनाव थप चर्कन सक्ने संकेत दिएको सुरक्षा स्रोतहरूले बताइरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ७, आईतवार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP