मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता १०८ पुग्यो, नयाँ दलको चाप बढ्दो

1.6K
SHARES
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता १०८ पुग्यो, नयाँ दलको चाप बढ्दो

काठमान्डु । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न इच्छुक दलहरूको संख्या बढ्दै गएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार साँझसम्म निर्वाचन प्रयोजनका लागि दर्ता पुगेका दलहरू १०८ पुगेका छन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आइतबारसम्म बढाइएसँगै यसबीचमा थप दलहरू दर्ता हुन सक्ने आयोगको अनुमान छ । हाल १६ दल दर्ता प्रक्रियामै रहेका छन् । तीमध्ये कुनैले पनि अधिकारिता पाएपछि निर्वाचन प्रयोजनका लागि अलग्गै दर्ता गर्न सक्नेछन् ।

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा ८४ दल सहभागी रहेका थिए । त्यसको तुलनामा यसपटक सहभागी हुन चाहने दलको संख्या उल्लेख्य रूपमा बढेको छ, जसले राजनीतिक सक्रियता र वृहत्तर प्रतिनिधित्वको संकेत गर्छ ।

उता, निर्वाचन आयोगमा दर्ता भइसकेका दलहरूको संख्या भने १३९ पुगेको छ । बिहीबार माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन् ।

बुधबार सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदयो पार्टी र सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी समेत दर्ता भएसँगै जेनजी आन्दोलनपछि मात्रै दर्ता भएका नयाँ दलहरूको संख्या २३ पुगेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १२, शुक्रबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP