मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जापान र नेदरल्यान्ड्सले अंक बाँडे, जर्मनीको फराकिलो जितमा कुरासाओको ऐतिहासिक गोल

169
SHARES
जापान र नेदरल्यान्ड्सले अंक बाँडे, जर्मनीको फराकिलो जितमा कुरासाओको ऐतिहासिक गोल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार राति भएका खेलमा जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई बराबरीमा रोक्दा जर्मनीले कुरासाओमाथि फराकिलो जित निकालेको छ । यद्यपि जर्मनीसँग पराजित भए पनि कुरासाओले ऐतिहासिक गोल गर्दै विश्व फुटबलमा आफ्नो छाप छाडेको छ ।

अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा भएको समूह ‘एफ’को खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेले । तुलनात्मक रूपमा बलियो मानिएको नेदरल्यान्ड्सलाई जापानले अन्तिम समयमा गोल गर्दै अंक बाँड्न बाध्य पारेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५१औँ मिनेटमा कप्तान भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । तर जापानले त्यसको छ मिनेटपछि नै जवाफ फर्कायो । ५७औँ मिनेटमा केइटो नाकामुराले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाए । खेल आफ्नो पक्षमा पार्ने नेदरल्यान्ड्सको प्रयास सफल हुने देखिएको अवस्थामा जापानका दाइची कामादाले ८९औँ मिनेटमा महत्वपूर्ण गोल गर्दै खेल २–२ को बराबरीमा टुंग्याए ।

फिफा वरीयतामा आठौँ स्थानमा रहेको नेदरल्यान्ड्स तीन पटक विश्वकपको फाइनल खेले पनि उपाधिविहीन टोली हो । १८औँ स्थानमा रहेको जापान भने सन् १९९८ यता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।

यता, जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणतर्फ बलियो कदम चालेको छ । खेलको सुरुआतमै फेलिक्स नमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए । तर सानो टापु राष्ट्र कुरासाओका लिभानो कोमेनेंसियाले गोल गर्दै खेल बराबरीमा ल्याए र विश्वकप इतिहासमा आफ्नो नाम लेखाए ।

बराबरीपछि जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै निको श्लोटरबेक, काइ हाभेर्ट्ज, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाभको गोलमार्फत सहज जित दर्ता गर्यो । हाभेर्ट्जले खेलमा दुई गोल गरेका थिए ।

हारका बाबजुद कुरासाओका प्रशिक्षक डिक एड्भोकाटले आफ्नो टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गरे । उनले सानो राष्ट्रका लागि जर्मनीविरुद्ध गोल गर्नु नै ऐतिहासिक उपलब्धि भएको बताए ।

विश्वकपका यी नतिजाले जापानको संघर्षशील प्रदर्शन र कुरासाओको ऐतिहासिक क्षणलाई विशेष बनाएको छ भने जर्मनीले उपाधि यात्रामा आफ्नो दाबेदारी बलियो बनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १, सोमबार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP