मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवा भोटेकोसी बाढी: मृतक संख्या १ हजार नाघ्यो

390
SHARES
रसुवा भोटेकोसी बाढी: मृतक संख्या १ हजार नाघ्यो

काठमाडौं । रसुवा भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो १ः०० बजेसम्म देशका विभिन्न जिल्लाबाट १ हजार ३ जनाको शव फेला परेको हो ।

सबैभन्दा धेरै मृत्यु चितवनमा भएको छ । त्यहाँ ३२१ जनाको शव फेला परेको छ । यस्तै पूर्वनवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

बाढी तथा डुबानमा परी २७९ जना घाइते भएका छन् भने उपचारपछि १६८ जना डिस्चार्ज भइसकेका छन् ।

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । उद्धार कार्य जारी रहँदा हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १६, मंगलवार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP