मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसईई परीक्षा चैत १९ देखि सञ्चालन हुने

2.6K
SHARES
एसईई परीक्षा चैत १९ देखि सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले आज औपचारिक रूपमा परीक्षा तालिका सार्वजनिक गरेको हो ।

यस पटक एसईई परीक्षाका लागि करिब ५ लाख १७ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् । यसअघि चैतको पहिलो साताबाट परीक्षा सञ्चालन हुँदै आएको भए पनि २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षा केही दिन पछि सारिएको बोर्डले जनाएको छ ।

निर्वाचनका लागि मतपत्र र एसईई परीक्षाका प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रबाटै छपाइ हुने भएकाले तालिकामा परिमार्जन गर्नुपरेको बोर्डको स्पष्टिकरण छ । बोर्डका अनुसार दुवै कार्य एकै समयमा व्यवस्थापन गर्न कठिन हुने भएकाले परीक्षा मिति परिवर्तन गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ७, बुधबार १४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP