मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपा महाधिवेशन: आज राति साढे ८ बजेदेखि मतदान

520
SHARES
रास्वपा महाधिवेशन: आज राति साढे ८ बजेदेखि मतदान

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय सदस्य चयनका लागि पहिलो चरणको मतदान आज (बुधबार) राति साढे ८:०० बजेदेखि सुरु हुने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गर्दै मतदानको समय निर्धारण गरेको हो । आयोगका अनुसार निर्धारित समयमै मतदान प्रक्रिया सुरु गरी सम्पन्न गरिनेछ ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले विभिन्न केन्द्रीय पदका उम्मेदवारमध्ये आफ्नो मताधिकार प्रयोग गर्नेछन् । नेतृत्व चयनलाई लिएर पार्टीभित्र उत्साह र चासो बढेको छ भने उम्मेदवारहरूले पनि अन्तिम चरणको प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।

निर्वाचन आयोगले मतदान प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको जनाएको छ । मतदानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय पक्ष मिलाइसकिएको आयोगको भनाइ छ ।

आयोगका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना सुरु गरिनेछ । मतगणनापछि क्रमशः परिणाम सार्वजनिक गरिने र निर्वाचित नेतृत्वको औपचारिक घोषणा गरिने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १०, बुधबार १२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP