मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवा बाढीबारे छलफल गर्न रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक

585
SHARES
रसुवा बाढीबारे छलफल गर्न रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा हुनेछ ।

बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन र पछिल्लो अवस्थाबारे जानकारी आदानप्रदान गरिनेछ । साथै, विपद्को अवस्थामा राजनीतिक दलहरूबीच आवश्यक समन्वय कसरी गर्ने तथा आगामी दिनमा चाल्नुपर्ने कदमबारे पनि छलफल हुने प्रवक्ता खरेलले बताए ।

रसुवागढी क्षेत्रलगायत विभिन्न स्थानमा बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र सम्बन्धित सरकारी निकायले खोज, उद्धार तथा राहतका कामलाई निरन्तरता दिइरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ११, बिहीबार ०१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP