मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको राजीनामा

988
SHARES
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् । आइतबार उनले उपप्रमुख सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

स्थानीय तहसम्बन्धी कानुनी व्यवस्था अनुसार नगर प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले नगर प्रमुखलाई राजीनामा बुझाउनुपर्ने प्रावधान छ । सोही व्यवस्था बमोजिम बालेनले उपमेयर डंगोललाई राजीनामा पेश गरेका हुन् ।

राजीनामा पत्रमा शाहले आजकै मितिबाट लागू हुने गरी स्वेच्छिक रूपमा पद त्याग गरेको उल्लेख गरेका छन् । उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी प्रावधानअनुसार नगर प्रमुख पदबाट अलग भएको स्पष्ट पारेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीसँगै उनले मेयर पदबाट राजीनामा दिएको जनाइएको छ । स्थानीय सरकारको नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ अघि बढ्ने निर्णयका रूपमा यसलाई हेरिएको छ ।

राजीनामा पत्रमार्फत बालेनले मेयरको हैसियतमा रहँदा नगर र नगरवासीको हितमा काम गर्न प्रयत्न गरेको उल्लेख गरेका छन् । साथै, महानगरपालिकाको नेतृत्व सम्हाल्न लागेकी उपमेयर सुनिता डंगोल तथा नगर कार्यपालिकालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

‘अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दछु,’ पत्रमा उल्लेख छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ४, आईतवार ११:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP