मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपतिसँगै प्रधानमन्त्री कार्की र तीन दलका शीर्षनेताबीच छलफल

2.9K
SHARES
राष्ट्रपतिसँगै प्रधानमन्त्री कार्की र तीन दलका शीर्षनेताबीच छलफल

काठमान्डु । प्रधानमन्त्री सुशीला कार्की र देशका तीन ठूला राजनीतिक दलका शीर्ष नेताबीच लामो समयदेखि देखिएको संवादहिनता अन्ततः तोडिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले यसअघि देउवा, ओली र प्रचण्डसँग प्रत्यक्ष भेटघाट गरेकी थिइनन् । यद्यपि, उनले तीनै दलका दोस्रो र तेस्रो तहका नेताहरूसँग भने निरन्तर संवाद गर्दै आएकी थिइन् ।

प्रधानमन्त्रीले शीर्ष नेतासँग भेट्न अनिच्छा देखाएको भन्दै राजनीतिक वृत्तमा आलोचना बढ्दै गएको थियो । संवाद नहुँदा सरकारले फागुन २१ गते गराउने भनेको प्रतिनिधि सभाको निर्वाचन नै अन्योलमा पर्ने भन्दै प्रश्न उठ्न थालेपछि अन्ततः भेटघाटको वातावरण बनेको हो ।

प्रधानमन्त्री र शीर्ष नेताबीचको यो संवादको पहल राष्ट्रपति पौडेलले गरेका हुन् । यसअघि पनि राष्ट्रपतिकै रोहवरमा सरकार र राजनीतिक दलबीच संवादको सुरुवात गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ८, मंगलवार ११:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP