मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचनका लागि कांग्रेसले गर्यो आयोगमा दल दर्ता प्रक्रिया पूरा

2K
SHARES
निर्वाचनका लागि कांग्रेसले गर्यो आयोगमा दल दर्ता प्रक्रिया पूरा

काठमाडौं । आगामी निर्वाचनको तयारीलाई अघि बढाउँदै नेपाली कांग्रेसले निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता प्रक्रिया पूरा गरेको छ । आइतबार निर्वाचन आयोगको कार्यालय पुगेर सबै आवश्यक कागजी प्रक्रिया पूरा गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार दल दर्तासम्बन्धी सबै औपचारिकता सम्पन्न भएसँगै कांग्रेस अब आगामी राष्ट्रिय सभा तथा प्रतिनिधिसभा दुवै निर्वाचनका गतिविधिमा सक्रिय रूपमा प्रवेश गर्नेछ । उनले भने, ‘आज हामीले निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं। अब निर्वाचन तयारीका अन्य चरणमा केन्द्रित हुन्छौँ ।’

कांग्रेसले हालै आन्तरिक संगठन विस्तार, संरचना सुदृढीकरण र उम्मेदवार छनोट प्रक्रियालाई तिब्र पार्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा पार्टीभित्र रणनीतिक बैठकहरू तीव्र रूपमा अगाडि बढाइने पौडेलले बताए । उनका अनुसार, संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने योजना अन्तिम चरणमा पुगेको छ ।

यता, आयोगमा दल दर्ता भएसँगै आगामी राजनीतिक प्रतिस्पर्धामा कांग्रेसले आफ्नो उपस्थिति मजबुत बनाउने संकेत देखिएको विश्लेषणकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार दर्ता प्रक्रिया समयमै पूरा गर्नु कांग्रेसका लागि आगामी निर्वाचन अभियानको मनोवैज्ञानिक रूपमा पनि महत्वपूर्ण चरण मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ७, आईतवार ०९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP