मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खोटाङमा तीर्थालु सवार गाडी दुर्घटना, १२ को अवस्था गम्भीर

2.2K
SHARES
खोटाङमा तीर्थालु सवार गाडी दुर्घटना, १२ को अवस्था गम्भीर

काठमाडौं । खोटाङको हलेसीबाट फर्किंदै गरेको तीर्थालु सवार गाडी आज बिहान दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार जयरामघाट नजिक दुर्घटना भएको विङ्गर गाडी सिराहाबाट तीर्थयात्राका लागि रिजर्भमा हलेसी आएको थियो । गाडीमा १८ जना यात्रु सवार थिए ।

इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थानका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार गाडी करिब १५० मिटर तल भिरमा खस्दा गम्भीर क्षति भएको छ । प्रहरी टोलीले घटनास्थलबाट सबै घाइते यात्रुलाई उद्दार गरी उपचारका लागि घुर्मी अस्पताल पुर्‍याएको छ ।

उद्धारमा खटिएका प्रहरी निरीक्षक राईका अनुसार १२ जना यात्रुको अवस्था गम्भीर रहेको छ । अस्पतालमा एम्बुलेन्स सुविधा उपलब्ध नभएकाले घाइतेहरूलाई प्रहरीको गाडीमार्फत नै अस्पताल पुर्‍याइएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १९, सोमबार ०५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP