मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः पहाडी र हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

533
SHARES
मौसम पूर्वानुमानः पहाडी र हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशको उपल्लो वायुमण्डलमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली भएको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ ।

दिउँसोको अवस्था
आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु देखिने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भूभागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहने अनुमान गरिएको छ ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

रातिको अवस्था
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने अनुमान छ । हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतः सफा रहनेछ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १५, शुक्रबार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP