मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल ट्रष्टको जग्गा प्रकरणमा पूर्व सह–सचिव लेखबहादुर कार्की पक्राउ

3K
SHARES
नेपाल ट्रष्टको जग्गा प्रकरणमा पूर्व सह–सचिव लेखबहादुर कार्की पक्राउ

काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा दर्ता गरिएको जग्गासम्बन्धी ठगी र आपराधिक विश्वासघातको आरोपमा पूर्व सह–सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, कार्कीले नेपाल ट्रष्ट र थामशेर्क ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन नोक्सानी हुने गरी सम्झौता गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, सम्झौतामा उल्लेखित कित्ता नं. ४६०६ बाहेक कित्ता नं. ४६०५ समेत बिना संचालक समितिको निर्णय थप गरी मोडेलमा तीन वर्षको निर्माण अवधि र ३० वर्षको लिज सम्झौता गरिएको पाइयो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा लिजमा दिने वा लिने प्रक्रियामा कानूनी आधारविना लाभ लिएको आशंकामा कार्कीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २२, शनिबार १०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP