मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली जनक्रान्तिबाट पछि परेका शक्तिहरूले नै चुनाव नहुने चुनाव नहुने हल्ला फैलाए : प्रचण्ड

481
SHARES
नेपाली जनक्रान्तिबाट पछि परेका शक्तिहरूले नै चुनाव नहुने चुनाव नहुने हल्ला फैलाए : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव नहुने भ्रम फैलाउने गतिविधिप्रति आपत्ति जनाउँदै यस्ता हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले केही व्यक्तिहरूले जानाजानी निर्वाचन अन्योलमा पार्ने प्रयास गरिरहेको आरोप लगाए । नेपाली जनक्रान्तिबाट पछि परेका शक्तिहरूले नै चुनाव नहुने प्रचार गरिरहेको उनको भनाइ थियो ।

प्रचण्डले निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न प्रकारका चलखेल र अफवाह फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसमा नअल्झिन आग्रह गरे । उनले चुनाव नै वर्तमान अवस्थामा सबैभन्दा व्यवहारिक र सहज राजनीतिक विकल्प भएको दोहोर्‍याए । सुरुदेखि नै आफ्नो पार्टी निर्वाचनप्रति दृढ रहेको उनको दाबी थियो ।

देशव्यापी रूपमा पार्टीको प्रचार अभियान तीव्र बन्दै गएको उल्लेख गर्दै उनले बाँकी समय युद्धस्तरमा परिचालन भए एकपटक फेरि देशको अग्रणी शक्ति बन्न सकिने विश्वास व्यक्त गरे । केही समयका लागि राजनीतिक हावा प्रतिकूल देखिए पनि त्यो स्थायी नहुने जनताले बुझिसकेको उनको जिकिर थियो ।

त्यसैगरी, चुनौतीपूर्ण अवस्थामा राष्ट्रलाई स्थिरता दिन र अतिवादविरुद्ध संघर्ष गर्दै सन्तुलित विकासको बाटोमा अघि बढ्ने प्रतिबद्धताका साथ नेकपा उभिएको उनले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १०, आईतवार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP