मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसद्प्रति जवाफदेही नभएको भन्दै साम्पाङद्वारा प्रधानमन्त्री बालेनको आलोचना

416
SHARES
संसद्प्रति जवाफदेही नभएको भन्दै साम्पाङद्वारा प्रधानमन्त्री बालेनको आलोचना

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार नरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ आकस्मिक समय लिएर बोल्दै उनले संसद् नियमावलीको नियम १५ को उपनियम २० अनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था रहेको स्मरण गराए । तर आफूले उठाएका प्रश्नको जवाफ हालसम्म नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

साम्पाङले वैशाख २८ र २९ गते प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रश्न राखेको उल्लेख गर्दै ती प्रश्न गृह तथा रक्षा मन्त्रालयसँग सम्बन्धित रहेको बताए । ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हालिरहेकाले जवाफ पनि प्रधानमन्त्रीबाटै आउनुपर्ने उनको भनाइ थियो ।

उनले दार्चुलाको लिपुलेकसहित सीमा सम्बन्धी विषयमा समेत आफूले उठाएका प्रश्नको उत्तर नपाएको बताए । संसद्‌मा उपस्थित भएर सांसदहरूको जिज्ञासाको सम्बोधन गर्न प्रधानमन्त्री बाध्य हुनुपर्ने उनले जोड दिए ।

“प्रधानमन्त्री संसद्को सदस्य हो कि होइन ? देशमा संसद् छ कि छैन ?” भन्दै उनले सरकारको व्यवहारमाथि प्रश्न उठाए ।

प्रधानमन्त्रीले आफ्नो दायित्व पूरा गर्न नसक्ने अवस्था भए पद छाडेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव पनि साम्पाङले दिए । संसद्प्रति उत्तरदायी नभए प्रधानमन्त्री आखिर कसप्रति जवाफदेही हुने भन्ने प्रश्न उनले गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ७, बिहीबार ०६:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP