मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदेश सरकार गठनमा एमाले–नेकपा सहकार्य, सातै प्रदेशको नेतृत्व बाँडफाँटमा सहमति

468
SHARES
प्रदेश सरकार गठनमा एमाले–नेकपा सहकार्य, सातै प्रदेशको नेतृत्व बाँडफाँटमा सहमति

काठमाडौं । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनका विषयमा तीन बुँदे राजनीतिक सहमति भएको छ । शनिबार भएको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार दुवै दलले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन् । प्रदेश सरकारको नेतृत्व बाँडफाँटसमेत टुंग्याइएको छ, जसअनुसार कोसी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमालेले पाउनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ ।

मधेश र गण्डकी प्रदेशका हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग छलफल तथा परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप निर्धारण गर्ने सहमति भएको छ ।

सहमति हस्ताक्षर कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि उपस्थित थिए ।

दुवै दलले प्रदेश सरकार सञ्चालनका क्रममा देखिएका बजेट निर्माणसम्बन्धी विवाद, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्न सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

साझा वक्तव्यमा प्रदेशमा राजनीतिक स्थिरता कायम गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिन संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १०, आईतवार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP