मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संविधान संशोधनको बहानामा संघीयतामाथि हस्तक्षेप नगर्न राईको चेतावनी

429
SHARES
संविधान संशोधनको बहानामा संघीयतामाथि हस्तक्षेप नगर्न राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संघीय शासन व्यवस्थालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले संघीयतामाथि अनावश्यक भ्रम फैलाएर संविधान संशोधनका नाममा हस्तक्षेप गर्न खोजिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले विगतमा एकतन्त्रीय शासन सञ्चालन गर्ने शक्तिहरूले नै संघीयता खर्चिलो र असफल भएको भन्दै जनतामा भ्रम फैलाउने काम गरेको दाबी गरे । उनका अनुसार संघीय व्यवस्थामा सुधार आवश्यक भए सुधार गर्न सकिने भए पनि यसको मूल मर्म र संरचनामाथि प्रहार गर्न नहुने स्पष्ट पारे ।

राईले सरकारले संविधान संशोधनलाई बहाना बनाएर संघीयताको अधिकार र संरचनामा छेडखानी गर्न खोजेको आरोप लगाउँदै त्यसप्रति सचेत रहन आग्रह गरे । उनले लोकतान्त्रिक व्यवस्थामा सरकार कानुन, प्रक्रिया र संवैधानिक मूल्यअनुसार अघि बढ्नुपर्ने बताए ।

उनले सरकारलाई शक्ति प्रदर्शनभन्दा लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिन सुझाव दिँदै लोकतन्त्रमा मनपरी ढंगले शासन चलाउन खोज्नु उचित नहुने धारणा व्यक्त गरे । ‘सरकार सुपर वेमा होइन, लोकतान्त्रिक विधि र प्रक्रियाको बाटोमा हिँड्नुपर्छ’ भन्दै उनले राज्य सञ्चालनमा संयम र उत्तरदायित्व आवश्यक रहेको उल्लेख गरे ।

राईले जनताका अधिकार संकुचित गर्ने कुनै पनि प्रयास अन्ततः लोकतन्त्रकै लागि घातक हुने चेतावनी दिँदै सरकारलाई अहंकार र तानाशाही प्रवृत्तिबाट टाढा रहन आग्रह गरे । ‘सरकार हौसिनु हुँदैन, उम्लिनु हुँदैन, उम्लिएपछि पोखिन्छ’ भन्दै उनले लोकतान्त्रिक मूल्य र संविधानको सम्मान गर्दै अघि बढ्न सरकारलाई आग्रह गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३१, बुधबार १०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP