मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज टी–२० विश्वकपमा तीन समूहका तीन रोमाञ्चक खेल हुँदै

1.7K
SHARES
आज टी–२० विश्वकपमा तीन समूहका तीन रोमाञ्चक खेल हुँदै

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा भइरहेको आईसीसी पुरुष टी–२० विश्वकपमा आज बुधबार पनि तीन फरक समूहका तीन महत्वपूर्ण खेल आयोजना हुँदैछन् ।

बिहान ११ः१५ बजे ग्रुप डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिका आमनेसामने हुनेछन् । यसअघि दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेल जित्दै २ अंक जोडिसकेको छ भने अफगानिस्तान पहिलो खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा छ । यही समूहमा न्युजिल्यान्ड ४ अंकसहित शीर्ष स्थानमा छ भने अफगानिस्तानसँगै अमेरिका र क्यानडा पनि अहिलेसम्म जितविहीन छन् ।

अपराह्न ३ः१५ बजे ग्रुप बीमा आयरल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । आयरल्यान्डले पहिलो खेल गुमाएकाले अंक खाता खोल्न सकेको छैन भने अस्ट्रेलियाले आजबाट विश्वकप यात्रा सुरु गर्दैछ । यस समूहमा जिम्बाब्वे र श्रीलंका समान २–२ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्, जबकि आयरल्यान्ड र ओमान अंकविहीन छन् ।

साँझ ७ः१५ बजे ग्रुप सी अन्तर्गत इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच भिडन्त हुनेछ । इंग्ल्यान्डले पहिलो खेलमा नेपाललाई ४ रनले पराजित गर्दै २ अंक जोडेको थियो । वेस्ट इन्डिजले पनि आफ्नो पहिलो खेल जित्दै समान २ अंक बनाएको छ । यो समूहमा दुई खेल खेलेको स्कटल्यान्ड १ जित र १ हारसहित २ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल र इटली भने अहिलेसम्म अंकविहीन छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २८, बुधबार ००:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP