मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मौसम: कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

4.7K
SHARES
देशभर मौसम: कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशका विभिन्न भागमा मनसुनजन्य प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत पहाडी भूभागहरूमा सामान्यतया बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था छ ।

हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा जारी छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी क्षेत्रका केही स्थान र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली, अन्यत्र आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

साथै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०३:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP