मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दलित उत्थानका लागि शक्तिशाली प्राधिकरण बनाउने प्रचण्डको प्रतिबद्धता

897
SHARES
दलित उत्थानका लागि शक्तिशाली प्राधिकरण बनाउने प्रचण्डको प्रतिबद्धता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको समग्र विकासका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीको प्रतिबद्धतापत्रमा दलित विकास प्राधिकरण गठनलाई उच्च प्राथमिकतामा राखिएको बताए । उक्त प्राधिकरणले दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक उन्नतिका लागि स्पष्ट मार्गनिर्देशन गर्ने उनको भनाइ थियो ।

दाहालले राज्यका सबै संरचनामा दलित समुदायको प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्न आफ्नो पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताए । उनले संविधानसभाबाट जारी गरिएको नेपालको संविधानमा दलित समुदायका अधिकार समेटिए पनि अझै पर्याप्त नभएको उल्लेख गरे ।

“संविधानमा दलितका हकअधिकार समेटिएका छन्, तर त्यो मात्रै पर्याप्त छैन । दलित समुदायलाई विशेषाधिकार सुनिश्चित गर्न अझै काम गर्नुपर्नेछ,” उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आफ्नो नेतृत्वको सरकारले दलित विकास प्राधिकरण स्थापना गर्ने निर्णय गरेर बजेटसमेत छुट्याएको स्मरण गर्दै त्यसपछि बनेका सरकारले सो योजना अघि नबढाएको आरोप लगाए ।

उनले नेकपा गठनसँगै देशमा क्रान्तिकारी तथा वामपन्थी शक्तिहरूको ध्रुवीकरण सुरु भइसकेको दाबी गर्दै निकट भविष्यमा सबै वामपन्थी शक्तिहरू एउटै मोर्चामा उभिने विश्वास व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १२, मंगलवार १३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP