मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्द्रजात्रामा बालेनको उपस्थितिः राष्ट्रपतिलाई आफैँले गरे स्वागत, प्रधानमन्त्रीलाई गुरागाइले

2.1K
SHARES
इन्द्रजात्रामा बालेनको उपस्थितिः राष्ट्रपतिलाई आफैँले गरे स्वागत, प्रधानमन्त्रीलाई गुरागाइले

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस वर्षको इन्द्रजात्रामा बसन्तपुर पुगे । उनले राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैं गरेका थिए तर प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुँदा भने देखिएनन् ।

प्रधानमन्त्री ओलीको स्वागत महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले गरे । गत वर्ष इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर शाह यसपटक भने कार्यक्रमस्थल पुगेका थिए ।

विशेष पर्व, विशेष तयारी
भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा विशेष महत्वका साथ मनाइन्छ । राजधानी उपत्यकाबासीले विशेष पर्वका रूपमा मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारी गरेर कार्यक्रम गर्ने परम्परा छ ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा हुने यो पर्वमा आयोजकका हैसियतले मेयर र उपमेयरले स्वागत गर्ने चलन छ । यसपटक मेयर शाहले राष्ट्रपति पौडेललाई स्वागत गर्दै मञ्चसम्म साथ दिए तर प्रधानमन्त्री ओलीको स्वागत गर्न भने अनुपस्थित रहे ।

राजनीतिक मनमुटावको असर !
मेयर शाह र प्रधानमन्त्री ओलीबीच लामो समयदेखि तिक्तता रहँदै आएको छ । यसअघि मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको कार्यक्षमतामा प्रश्न उठाउँदै संघ सरकारसँग कर्मचारी परिवर्तन गर्न माग गरेका थिए । तर प्रधानमन्त्रीकै कारण माग पूरा नभएको भन्दै उनले आलोचना गरेका थिए ।

गत वर्ष पनि ओलीसँगको खटपटकै कारण मेयर शाह इन्द्रजात्राको कार्यक्रममा सहभागी नभई भारत भ्रमणमा गएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २१, शनिबार ११:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP