मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध राष्ट्रिय सभामा दोस्रो दिन पनि अवरोध

156
SHARES
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध राष्ट्रिय सभामा दोस्रो दिन पनि अवरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले संसद्मा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलका सांसदहरूले राष्ट्रिय सभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध पारेका छन् ।

मंगलबार बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए । राष्ट्रिय सभामा रहेका सबै विपक्षी दलका सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका हुन् ।

बैठक सञ्चालन गर्ने क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले विवादित विषय प्रतिनिधिसभासँग सम्बन्धित रहेको उल्लेख गर्दै संसद्को नियमित कार्यसूची अघि बढाउन पटक–पटक अनुरोध गरे ।

तर विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी नमागेसम्म आन्दोलन जारी रहने अडान दोहोर्‍याए । विरोध कायमै रहेपछि अध्यक्ष दाहालले बैठक स्थगित गर्न बाध्य भएका थिए ।

स्थगित गरिएको राष्ट्रिय सभाको अर्को बैठक जेठ २० गते बुधबार दिउँसो १२ः१५ बजे बस्ने तय भएको छ । यसअघि पनि सोमबारको बैठक यही विषयलाई लिएर प्रभावित भएको थियो ।

आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको सीमा मिचेको” भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइ राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीसँग माफी माग्न र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १९, मंगलवार ०८:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP