मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरीका १३ निरीक्षक डिएसपीमा बढुवा सिफारिस

2.3K
SHARES
प्रहरीका १३ निरीक्षक डिएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीको संयोजकत्वमा बसेको बढुवा समितिको बैठकले ती इन्स्पेक्टरहरूलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा परेकाहरूमा वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईं, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल रहेका छन् ।

सम्बन्धित सिफारिस प्रहरी मुख्यालयबाट जारी आधिकारिक विज्ञप्तिबाट सार्वजनिक गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ५, सोमबार ०८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP