मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सहिदहरूको बलिदानले गणतन्त्रसम्म ल्यायो, सपना अझै अधुरा छन् : प्रचण्ड

1.3K
SHARES
सहिदहरूको बलिदानले गणतन्त्रसम्म ल्यायो, सपना अझै अधुरा छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद दिवसका अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय तथा अधिकारका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको इतिहास भएको उल्लेख गरेका छन् । सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान, किसान आन्दोलनका भीमदत्त पन्त, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायत समुदायका आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनका सहिदहरूको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानता, न्याय र जनताको सुशासन स्थापना गर्नु रहेको उनले बताएका छन् ।

प्रचण्डले सहिदहरूको बलिदानकै परिणामस्वरूप नेपाल गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्म आइपुगेको उल्लेख गरे । तर सहिदहरूले देखेका सपना अझै पूर्ण नभएको भन्दै सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि संघर्ष जारी रहेको उनको भनाइ छ ।

उनले ती अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवस मनाउनुको सार्थकता रहने बताए । साथै, सहिद दिवसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिन, विचलित नभई जनताको पक्षमा दृढतापूर्वक उभिन र संघर्षको बाटोमा अघि बढ्न नयाँ संकल्प गर्न सबैलाई आह्वान गरेका छन् ।

उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता आवश्यक रहेको भन्दै उनले सहिद दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १६, शुक्रबार ०६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP