मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

होल्डिङ सेन्टरका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आह्वान

442
SHARES
होल्डिङ सेन्टरका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आह्वान

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासीलाई आफ्नो गृहजिल्लामा गई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

भूमि समस्या समाधान समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै लाभग्राहीको डिजिटल विवरणका आधारमा तयार गरिएका निवेदन फारम र सम्बन्धित कागजातहरू सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको जनाएको छ । त्यसैले लाभग्राहीहरूलाई आफ्नो जिल्ला समिति तथा स्थानीय तहमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको हो ।

समितिका अनुसार पहिलो चरणमा २९ जना सुकुम्वासीको नाम सार्वजनिक गरिएको छ । उनीहरूको नाममा देशभर कतै पनि जग्गा नरहेको पुष्टि भएपछि उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

यसका लागि सम्बन्धित लाभग्राहीले गृहजिल्लामा पुगेर जिल्ला समिति तथा पालिकासँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

सरकारले गत वैशाखमा काठमाडौंका विभिन्न स्थानमा रहेका अव्यवस्थित बस्ती हटाउने क्रममा डोजर प्रयोग गरेको थियो । त्यसपछि विस्थापित भएका सुकुम्वासीलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो । अहिले तीमध्ये पहिलो चरणका लाभग्राहीलाई स्थायी व्यवस्थापनको प्रक्रिया अघि बढाउन गृहजिल्ला फर्किन आह्वान गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ६, बुधबार १०:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP