मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्राविधिक शिक्षा परिषद्लाई मन्त्री पुनको चारबुँदे निर्देशन

2.6K
SHARES
प्राविधिक शिक्षा परिषद्लाई मन्त्री पुनको चारबुँदे निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई तत्काल कार्यान्वयन गर्नुपर्ने चारबुँदे निर्देशन दिएका छन् ।

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समेट्ने खाका असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका छन् ।

त्यस्तै, एकीकृत शैक्षिक क्यालेन्डर बनाउने, परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउने, साथै विद्यार्थी–अभिभावक–शिक्षकको गुनासो सुन्ने र अभिलेख राख्ने छुट्टै शाखा तुरुन्त सञ्चालनमा ल्याउनुपर्ने बताइएको छ ।

यसबाहेक, २०६९ सालदेखि प्राप्त भएका सबै सम्बन्धनका आवेदन छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गर्न र सम्बन्धन दिने–नदिने निर्णय तुरुन्त लिन पनि मन्त्री पुनले निर्देशन दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार ०६:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP