मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसीसी यू–१९ महिला प्रिमियर कप: नेपालको कतारमाथि १०५ रनको फराकिलो जित

507
SHARES
एसीसी यू–१९ महिला प्रिमियर कप: नेपालको कतारमाथि १०५ रनको फराकिलो जित

काठमाडौं । एसीसी यू–१९ महिला ट्वान्टी–ट्वान्टी प्रिमियर कपमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै विजयी अभियान सुरु गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शनिबार भएको खेलमा नेपालले कतारलाई १०५ रनको विशाल अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३० रन जोड्यो । नेपाली इनिङ्समा सावित्री धामीले ४७ बलमा ५ चौकासहित ५२ रनको अर्धशतकीय योगदान दिइन् । सना प्रवीणले २७ रन बनाउँदा एन्जिला पाठकले २३ तथा त्रिसना विश्वकर्माले ५ रन थपिन् ।

कतारका लागि लिहारा अवेक्षाकाराले २ विकेट लिइन् भने मेहजा मेहविसले १ विकेट आफ्नो नाममा गरिन् ।

१३१ रनको लक्ष्य पछ्याएको कतारको ब्याटिङ भने नेपाली बलिङसामु टिक्न सकेन । सम्पूर्ण टोली १२ ओभरभित्रै २५ रनमा समेटियो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सरगम पटेलले बनाएको ४ रन नै टोलीको उच्च व्यक्तिगत स्कोर रह्यो ।

यो जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । नेपाली टोलीले आफ्नो दोस्रो खेल आइतबार सिंगापुरविरुद्ध खेल्ने तालिका छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २७, शनिबार ०८:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP