मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बानियाँको नयाँ गीत ‘भोले बाबा’ सार्वजनिक

2.8K
SHARES
बानियाँको नयाँ गीत ‘भोले बाबा’ सार्वजनिक

काठमाडौं । सशस्त्र प्रहरी बलका सहायक हवल्दार सन्तोषकुमार बानियाँ (सिम्याक्स) द्वारा प्रस्तुत नयाँ गीत ‘भोले बाबा’ सार्वजनिक भएको छ। यो गीत उनको तेस्रो आधिकारिक प्रस्तुति हो, जसमा शब्द, संगीत, गायन र भिडियो सम्पादन सबै बानियाँ स्वयंले गरेका छन्।

गायक बानियाँका अनुसार, आउँदै गरेको हिन्दूहरूको महान् पर्व महाशिवरात्रिलाई विशेष ध्यानमा राख्दै यो गीत सार्वजनिक गरिएको हो। उनले भने, “शिवरात्रिको अवसरमा भगवान् शिवका भक्तजनहरूलाई झुमाउने उद्देश्यले ‘भोले बाबा’ गीत तयार पारेको छु।”

उक्त गीतको एरेन्जर देव कोईमी, मिक्सिङ तथा मास्टरिङ विक्रम कार्की, तथा क्यामेराम्यान बुद्ध पुटुवार रहेका छन्। गीतको आकर्षक भिडियोले दर्शक तथा संगीतप्रेमीहरूलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

बानियाँ हाल सशस्त्र प्रहरी बलमा सहायक हवल्दारको रूपमा कार्यरत छन् भने उनका स्थायी घर काभ्रेको धुलिखेल हो। उनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ का प्रतिस्पर्धी समेत रहिसकेका छन्।

यसअघि पनि उनले ‘तोङबाको पानी’ तथा लोकपप शैलीको ‘हुन्छ हुन्छ’ बोलका गीत सार्वजनिक गरिसकेका थिए, जसलाई दर्शक तथा स्रोताहरूले निकै मन पराएका थिए। उनले यसपटकको ‘भोले बाबा’ गीतलाई पनि श्रोताहरूले उत्तिकै माया गर्ने विश्वास व्यक्त गरेका छन्।

 



अगुल्टो अगुल्टो   
  • २०८१ फाल्गुन १४, बुधबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP