मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

छठपछि आन्दोलनमा उत्रिने आजपाको घोषणा

1.4K
SHARES
छठपछि आन्दोलनमा उत्रिने आजपाको घोषणा

काठमाडौं । आम जनता पार्टी (आजपा)ले छठ पर्व सकिएलगत्तै आन्दोलनमा जाने घोषणा गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा भवनमा असोज ४ गते केन्द्रीय समिति र असोज ५ गते पदाधिकारी बैठक बसेर गरिएको निर्णय आजपाले सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता चन्द्रभुषण साहले मंगलबार विज्ञप्ति जारी गर्दै दशैं, तिहार (दिपावली) र छठ पर्वसम्म संगठनात्मक गतिविधि गर्ने र त्यसपछि आन्दोलन थाल्ने जानकारी दिएका छन् ।

उनका अनुसार दशैंदेखि छठसम्म पार्टीले प्रदेश, जिल्ला र पालिका स्तरमा बैठक, भेला, शुभकामना आदानप्रदान, कमिटी गठन तथा पुनर्गठनका काम गर्नेछ । त्यसपछि भने व्यवस्था परिवर्तन र प्रणाली सुधारका मागसहित आन्दोलन प्रारम्भ गर्ने तयारी गरिएको छ ।

प्रवक्ता साहले भने, “केन्द्रीय समिति पुनर्गठन भइसकेको छ। अब प्रदेश र जिल्ला कमिटीहरूलाई पुनर्गठन गर्दै छठपर्वपछि व्यवस्था परिवर्तनका लागि आन्दोलन र निर्वाचनमा सहभागिता गर्ने निर्णय गरिएको छ ।”

आजपाले केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीलाई सक्रिय बनाउँदै ‘सिस्टम सुधारका लागि जनदबाव अभियान’ सञ्चालन गर्ने र निर्वाचनमा समेत सहभागी हुने निर्णय गरेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ०५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP