मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंका केही क्षेत्रमा आज विद्युत् अवरोध हुने

988
SHARES
काठमाडौंका केही क्षेत्रमा आज विद्युत् अवरोध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रले आज काठमाडौंका विभिन्न स्थानमा केही समयका लागि विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार फिडर अन्तर्गत पर्ने पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा ११ केभी कम्पोजिट लाइन व्यवस्थापन तथा बुश कटिङ (झाडी सफाइ) कार्य गरिने भएकाले बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत् कटौती हुनेछ ।

त्यसैगरी, बत्तीसपुतली (चाबहिल सब–स्टेसन) तथा मिनभवन सब–स्टेसन अन्तर्गतका क्षेत्रमा पनि मर्मतसम्भारको काम गरिने छ । यस क्रममा मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली लगायतका क्षेत्रमा दिउँसो २ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने जनाइएको छ ।

प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका पोल हटाउने तथा आवश्यक संरचना सुधार गर्ने काम गरिन लागिएको हो । निर्धारित समयभन्दा अघि काम सम्पन्न भएमा विद्युत् सेवा पनि छिट्टै सुचारु गरिने बताइएको छ ।

यसबाट पर्न सक्ने असुविधाप्रति बानेश्वर वितरण केन्द्रले उपभोक्तासँग क्षमायाचना समेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३०, शनिबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP