मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्‍यो

3.1K
SHARES
सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्‍यो

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, कार्कीको नियुक्ति कात्तिक २७ गतेदेखि लागू हुने गरी गरिएको हो ।

नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन् । खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो । कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन् ।

मन्त्रीपरिषद्का अन्य निर्णयहरू
सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ ।

भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगका लागि निजामती सेवातर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

नेपाल–भारत समन्वय बैठकमा सहभागिता स्वीकृत
कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने ८८नेपाल–भारत कोर्डिनेशन बैठक (नवौँ बैठक)मा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ ।

अन्य स्वीकृति र निर्णयहरू
त्यसैगरी बैठकले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत निर्णय गरेको छ भने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रवक्ता खरेलका मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २४, सोमबार १४:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP