मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१८ वर्षीया अष्ट्रेलियन युवतीद्वारा सगरमाथा आरोहण, कायम गरिन् नयाँ कीर्तिमान

1.3K
SHARES
१८ वर्षीया अष्ट्रेलियन युवतीद्वारा सगरमाथा आरोहण, कायम गरिन् नयाँ कीर्तिमान

काठमाडौं । १८ वर्षीया अष्ट्रेलियन किशोरी बियान्का एडलरले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी छन् । उनको आरोहणसँगै उनी सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कम उमेरकी अष्ट्रेलियन आरोही बनेकी छन् ।

उनको आरोहण अभियानको व्यवस्थापन गरेको नेपाल पिक एड्भेन्चरले बियान्काले सफलतापूर्वक शिखर चुमेको जानकारी दिएको हो । कम्पनीका अनुसार उनले कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिलाई पार गर्दै शिखरमा पुग्न सफल भएकी हुन् ।

बियान्काका लागि यो यात्रा केवल साहसिक अभियान मात्र नभई अठोट र धैर्यको परीक्षा पनि बनेको थियो । गत वर्ष उनी ‘डेथ जोन’ भनेर चिनिने अत्यन्त जोखिमपूर्ण उचाइसम्म पुगेकी थिइन् । तर प्रतिकूल मौसमका कारण शिखरबाट करिब ४०० मिटर तलैबाट फर्किनुपरेको थियो ।

अघिल्लो प्रयास असफल भए पनि उनले हार नमानी पुनः तयारी गरिन् । लामो प्रशिक्षण, मानसिक दृढता र अनुभवका आधारमा यस वर्ष उनले आफ्नो सपना पूरा गर्न सफल भएकी हुन् ।

सगरमाथा आरोहण विश्वकै कठिन साहसिक यात्रामध्ये एक मानिन्छ । हरेक वर्ष सयौं विदेशी तथा नेपाली आरोहीहरूले शिखर चुम्ने प्रयास गर्ने भए पनि मौसम, स्वास्थ्य अवस्था र उचाइका कारण धेरैले चुनौती सामना गर्नुपर्ने हुन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ७, बिहीबार ०१:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP