मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी ऋण नलिने निर्णयः धरानका मेयर साम्पाङले एडीबी ऋणप्रति असहमति जनाउँदै सरकारलाई पत्र

3.3K
SHARES
विदेशी ऋण नलिने निर्णयः धरानका मेयर साम्पाङले एडीबी ऋणप्रति असहमति जनाउँदै सरकारलाई पत्र

सुनसरी । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आगामी दिनमा एसियाली विकास बैंक (ADB) बाट कुनै पनि प्रकारको ऋण नलिने स्पष्ट घोषणा गरेका छन् ।

तीन दशकदेखि खानेपानी अभाव झेलिरहेको धरानको दीर्घकालीन समाधानका लागि सप्तकोशीबाट पानी ल्याउने योजनालाई अघि बढाउन संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर बाँकी खर्च एसियाली विकास बैंक (ADB) बाट ऋणको रुपमा ल्याउने तयारी भइरहेको जानकारी पाएपछि मेयर राईले त्यसप्रति असहमति जनाएका हुन् ।

खानेपानी मन्त्रालयलाई बिहीबार पठाइएको पत्रमा उनले लेखेका छन्, ‘देशलाई विदेशी ऋणको भार बोकाएर योजनाको कार्यान्वयन गर्नु उचित हुँदैन । धरान उपमहानगरपालिकाले यसअघि लिएको ADB ऋण समेत अझै तिर्न बाँकी छ । यस्तो अवस्थामा नयाँ ऋण थप्नु सान्दर्भिक देखिन्न ।’

उनले आफ्नै राष्ट्रिय आम्दानी र स्रोतको प्रयोग गरेर मात्रै योजना अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । अन्यथा, स्थानीय खोला र खोल्सीहरूको प्रयोग गरेर खानेपानीको व्यवस्था गर्ने जानकारी पनि पत्रमार्फत दिएका छन् ।

यस पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पठाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २०, शुक्रबार ०५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP