मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप २०२६: क्वार्टरफाइनलमा ८ टोलीको टुंगो, रोमाञ्चक भिडन्त तय

403
SHARES
विश्वकप २०२६: क्वार्टरफाइनलमा ८ टोलीको टुंगो, रोमाञ्चक भिडन्त तय

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान सम्पन्न अन्तिम १६ को अन्तिम खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएपछि उपाधि होडमा रहेका आठ टोलीको टुंगो लागेको हो ।

अन्तिम १६ का प्रतिस्पर्धापछि अब फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेका छन् । अब यी टोलीहरू सेमिफाइनल प्रवेशका लागि आमनेसामने हुनेछन् ।

यसपटकको विश्वकपमा केही परम्परागत फुटबल शक्तिसँगै उत्कृष्ट प्रदर्शन गरिरहेका टोलीले पनि अन्तिम आठमा स्थान बनाएका छन् । मोरक्को र नर्वेले प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै आफूलाई बलियो दाबेदारका रूपमा स्थापित गरेका छन् भने फ्रान्स, स्पेन, बेल्जियम, इंग्ल्याण्ड र अर्जेन्टिना जस्ता उपाधि दाबेदार टोलीहरूले पनि आफ्नो लय कायम राखेका छन् ।

क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जुलाई १० मा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । त्यसपछि जुलाई ११ मा स्पेन र बेल्जियमबीच राति पौने १ः०० बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै, जुलाई १२ को बिहान नर्वे र इंग्ल्याण्डबीच पौने ३ः०० बजे खेल हुनेछ । सोही दिन बिहान पौने ७ः०० बजे अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् ।

अब प्रत्येक खेल ‘गर या मर’को अवस्थामा हुने भएकाले क्वार्टरफाइनलका सबै चार खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । विजेता टोलीहरू सेमिफाइनलमा पुग्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ । उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने सबै टोलीका समर्थकको ध्यान अब क्वार्टरफाइनलका यी रोमाञ्चक भिडन्ततर्फ केन्द्रित भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २४, बुधबार ०७:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP