मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईलाई १४१ रनको लक्ष्य दियो

2.1K
SHARES
सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईलाई १४१ रनको लक्ष्य दियो

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले युएईविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार पार्‍यो ।

नेपालका ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ५१ रन योगदान दिए । उनले ४७ बल खेल्दै ४ वटा चौका र एक छक्का प्रहार गरेका थिए ।

खेलमा कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन, कुशल मल्लले १० रन, दीपेन्द्रसिंह ऐरीले १ रन र गुल्सन झा १४ रन जोडेर आउट भए ।
इन्निङ्सको अन्त्यतिर सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा अविजित रहे ।

अब युएईले जित्नका लागि १४१ रनको लक्ष्य पछ्याउनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २६, आईतवार १२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP