मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सार्वजनिक

3.3K
SHARES
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सार्वजनिक

काठमान्डु । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शनिबार मतदाता नामावली ऐन, २०७३ को दफा २० अनुसार अन्तिम सूची सार्वजनिक गरेको हो ।

आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश छन् । तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता रहेका छन् ।

मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा तोकिएको प्रक्रिया पूरा गरी नामावली तयार गरिएको आयोगले जनाएको छ । यस क्रममा २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम सूची प्रकाशन गरिएको हो ।

सम्बन्धित मतदाताले आफ्नो नामावली विवरण अनलाइनमार्फत पनि हेर्न सक्नेछन् । अन्तिम मतदाता नामावली आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा उपलब्ध गराइएको आयोगले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १२, शनिबार १४:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP