मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस केन्द्रीय समिति बस्दै, देउवा पहिलोपटक सार्वजनिक रूपमा देखिने

2.2K
SHARES
कांग्रेस केन्द्रीय समिति बस्दै, देउवा पहिलोपटक सार्वजनिक रूपमा देखिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकको विशेष पक्ष भनेको पार्टी सभापति शेरबहादुर देउवाको सहभागिता हो । जेन(जी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा आक्रमणमा परी घाइते भएका देउवा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । घटनापछि उनी कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । यसअघि बसेको पार्टी पदाधिकारी बैठकमा समेत उनी अनुपस्थित थिए ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, जेन(जी आन्दोलनपछि सिर्जिएको नयाँ राजनीतिक परिस्थिति, कांग्रेसको भूमिका र आगामी कदमबारे आजको बैठकमा छलफल हुनेछ ।

यद्यपि केन्द्रीय समिति बैठकमा पेस गरिने एजेण्डा भने अहिलेसम्म पूर्णरूपमा तय हुन सकेको छैन । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । तर सो प्रस्तावमा शीर्ष तहमा सहमति जुट्न नसकेका कारण एजेण्डा टुङ्गो लागेको छैन ।

एजेण्डालाई अन्तिम रूप दिनका लागि आजै बिहान ११ बजे कार्यसम्पादन समिति बैठक बोलाइएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २८, मंगलवार ०३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP