मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदली र हिमपातको सम्भावना : मौसम महाशाखा

1.8K
SHARES
देशभर बदली र हिमपातको सम्भावना : मौसम महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण देशभर मौसम बदली भएको छ ।

गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपात भइरहेको छ ।
अन्य पहाडी क्षेत्रहरूमा पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ ।
राति देशभर आंशिक बदली रहने र कोशी, बागमती तथा गण्डकीका पहाडी–हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम विभागका अनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा ती नदीका सहायक नालाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ ।
विशेषगरी कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे हुँदै बहने साना नदी–नालामा आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ ।

बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली लगायतका स्थानहरूमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्लाहरूमा पनि आकस्मिक बहावको जोखिम उच्च रहेको विभागले जनाएको छ ।

सम्भावित वर्षा र हिमपातका कारण नदी–नालामा आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायातमा अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १२, बुधबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP