मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

2.1K
SHARES
मौसम पूर्वानुमानः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशभरको मौसममा प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरस्वरूप मधेस र लुम्बिनी प्रदेशसहित अधिकांश पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ ।

महाशाखाका अनुसार, हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी भूभागका केही तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो र जलस्रोत सम्बन्धी जोखिमको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP