मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै, अपरान्ह शपथ

1.1K
SHARES
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै, अपरान्ह शपथ

काठमाडौं । देशको राजनीतिक नेतृत्व आज औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो शीतल निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

शपथ ग्रहणअघि नै राष्ट्रपति कार्यालयबाट शाहलाई संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी दिइनेछ । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताको हैसियतमा उनले एकल सरकार गठन गर्न लागेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह आज अपराह्न आयोजना हुनेछ, जसमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका व्यक्तित्व तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ । प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराउने तयारी गरिएको छ, जसले नयाँ सरकारलाई तत्काल काममा लाग्न सहज बनाउने अपेक्षा गरिएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । सोही आधारमा पार्टीले बिहीबार बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको हो, जसले उनलाई प्रधानमन्त्री बन्ने बाटो खोलेको छ ।

निर्वाचन परिणामअनुसार शाहले झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मत प्राप्त गर्दै प्रभावशाली जित हासिल गरेका थिए । यस जितलाई नयाँ राजनीतिक शक्तिको उदयको रूपमा पनि विश्लेषण गरिएको छ ।

यसैबीच, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बिहीबार नै नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् । केसीले बुधबार नै राष्ट्रपति पौडेलबाट शपथ लिएका थिए । अब सरकार गठनसँगै संसद् सञ्चालन र नीतिगत कामहरूले गति लिने अपेक्षा गरिएको छ ।

नयाँ सरकारबाट राजनीतिक स्थायित्व, सुशासन र विकास निर्माणमा गति आउने आशा नागरिक तहमा बढेको देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १३, शुक्रबार ००:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP