मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसले सार्वजनिक गर्यो १५औँ महाधिवेशनको लोगो र नारा

572
SHARES
कांग्रेसले सार्वजनिक गर्यो १५औँ महाधिवेशनको लोगो र नारा

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको लोगो र मूल नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै आधिकारिक नारासमेत सार्वजनिक गरेको हो ।

महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ । पार्टीले महाधिवेशनलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने तयारी गरेको छ ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको छ । महाधिवेशनअघि विभिन्न तहका अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ ।

निर्धारित कार्यतालिकाअनुसार १० असोजमा प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुनेछ । त्यसपछि महाधिवेशन प्रतिनिधि छनोटलगायतका प्रक्रिया अघि बढाइनेछ ।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन हुनेछ । त्यसका लागि कांग्रेसभित्र नेतृत्वका आकांक्षी नेताहरूले आन्तरिक तयारीसमेत तीव्र बनाएका छन् ।

पार्टीले महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न तयारी अघि बढाएको जनाएको छ । महाधिवेशनको लोगो र नारालाई पनि पार्टीको संगठनात्मक अभियान तथा आगामी राजनीतिक यात्रासँग जोडेर प्रस्तुत गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ८, बिहीबार १२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP