मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति समक्ष महालेखाको वार्षिक प्रतिवेदन पेश, बढ्दो बेरुजुप्रति चिन्ता

1.1K
SHARES
राष्ट्रपति समक्ष महालेखाको वार्षिक प्रतिवेदन पेश, बढ्दो बेरुजुप्रति चिन्ता

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपतिलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने प्रावधान रहेको छ ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकारी निकायमा बेरुजु रकम निरन्तर बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् । उनले सार्वजनिक संस्थाहरूमा आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहितामा कमजोरी देखिन थालेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखी वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायका जिम्मेवार पदाधिकारी अझ उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याए ।

उनले प्रतिवेदनमा समेटिएका विषयहरूले सम्बन्धित निकाय र सरोकारवालालाई जिम्मेवार बनाउँदै सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १, शुक्रबार ०७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP