मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आदिवासी जनजाति प्रतिष्ठान खारेजीको विरोध, मन्त्रीलाई ज्ञापनपत्र

1.7K
SHARES
आदिवासी जनजाति प्रतिष्ठान खारेजीको विरोध, मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघसहितका जातीय संघ–संस्थाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारी तयारीको विरोध गरेका छन् । यसै क्रममा उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारको तर्फबाट तयार गरिएको प्रतिवेदनमा प्रतिष्ठान खारेज गर्ने सुझाव आएपछि महासंघका पदाधिकारी तथा विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधि सिंहदरबार पुगेका थिए । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको नेतृत्वमा गएको टोलीले मन्त्रालयमा मन्त्रीको उपस्थितिमा ज्ञापनपत्र हस्तान्तरण गरेको हो । महासचिव दिवस राईले ज्ञापनपत्र वाचन गरेका थिए ।

सिंहदरबारमा अवरोध र असन्तोष
महासंघका अध्यक्ष लामा, वरिष्ठ उपाध्यक्ष बुद्धि घर्ति मगर, महासचिव दिवस राई, कोषाध्यक्ष विमल सारु मगरलगायत पदाधिकारी र करिब ४० जना अगुवाहरू सिंहदरबार पुगेका थिए । तर, आधाभन्दा बढी प्रतिनिधिले प्रवेश पास नपाएका कारण समस्या व्यहोर्नु परेको उनीहरूको गुनासो छ । थारु कल्याणकारिणी सभाका उपाध्यक्ष प्रभात चौधरीले यसलाई आदिवासी समुदायको प्रतिनिधिलाई गरिएको अपमान भएको टिप्पणी गरेका छन् ।

नेपाल ह्योल्मो सेवा समाजकी अध्यक्ष रिन्जिन डोल्मा ह्योल्मोले पनि प्रतिष्ठान खारेजी कुनै हालतमा स्वीकार्य नहुने बताउँदै यस्तो कदमले आदिवासी जनजातिको अधिकार र उत्थानका प्रयासमा गम्भीर असर पर्ने चेतावनी दिइन् ।

कार्यदल प्रतिवेदन र विवाद
सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यसहित २०७५ सालमा गठित डा. डिल्लीराम दाहालको संयोजकत्वमा बनेको कार्यदलले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसहित विभिन्न निकाय खारेज गर्न सुझाव दिएको थियो । हालै मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बनेको अर्को कार्यदलले पनि सो प्रतिवेदन कार्यान्वयन गर्न सिफारिस गरेको आदिवासी अभियन्ताहरूको दाबी छ ।

तर, यसबारे सरकारको तर्फबाट कुनै आधिकारिक पुष्टि गरिएको छैन । यही अनिश्चितताले आदिवासी संघ–संस्था र अगुवाहरूमाझ थप शंका र असन्तोष बढेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP