मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाराजगन्जमा भीषण दुर्घटनाः इभी माइक्रो चालकको मृत्यु, ६ जना घाइते

624
SHARES
महाराजगन्जमा भीषण दुर्घटनाः इभी माइक्रो चालकको मृत्यु, ६ जना घाइते

काठमाडौं । महाराजगन्जस्थित प्रहरी वृत्त अगाडि शुक्रबार साँझ भएको बहुसवारी दुर्घटनामा एक इभी (विद्युतीय) माइक्रो बस चालकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा १० वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हिजो साँझ करिब ७ः१५ बजे बसुन्धराबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको इभी माइक्रो अनियन्त्रित भई अगाडि गुडिरहेका सवारीसाधनहरूमा एकपछि अर्को गर्दै ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका माइक्रो चालक लमजुङको सिङ्दी गाउँपालिका–५ का ५६ वर्षीय रामकृष्ण हवाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति ८ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा इभी स्कुटी चालक सरोज ढुङ्गाना र उनकी श्रीमती विनिता ढकाल, मोटरसाइकल चालक सूर्य मगर तथा पछाडि सवार ज्ञानबहादुर सुनुवार, बसका यात्रु गणेशबहादुर शाही र ट्याक्सीमा सवार पूर्ण गिरी घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने पूर्ण गिरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरूको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

प्रहरीका अनुसार तीव्र गतिमा आएको माइक्रोले बस, ट्याक्सी, मोटरसाइकल, इभी स्कुटीलगायत १० वटा सवारीसाधनमा क्षति पुर्‍याएको छ । ठक्कर दिने माइक्रोको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अन्य सवारीसाधनका अगाडि वा पछाडिका भागमा पनि उल्लेखनीय क्षति पुगेको छ ।

दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ९, शनिबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP