मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचन: रास्वपा १०० क्षेत्रमा विजयी, २५ स्थानमा अग्रता

949
SHARES
प्रतिनिधिसभा निर्वाचन: रास्वपा १०० क्षेत्रमा विजयी, २५ स्थानमा अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता लिएको छ । आज बिहान ६ः१५ बजेसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाले देशभरका १०० निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने थप २५ स्थानमा अग्रता कायम राखेको छ ।

निर्वाचन आयोगले हालसम्म १२९ निर्वाचन क्षेत्रको मतगणना परिणाम सार्वजनिक गरेको जनाएको छ । प्राप्त विवरणअनुसार नेपाली कांग्रेसले १४ क्षेत्रमा विजय हासिल गरेको छ भने २ स्थानमा अग्रता बनाएको छ ।

यसैगरी नेकपा एमालेले हालसम्म ७ क्षेत्रमा जित निकाल्दा ४ क्षेत्रमा अगाडि रहेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका ६ उम्मेदवार विजयी भएका छन् भने १ क्षेत्रमा अग्रता कायम गरेका छन् ।

अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा विजय प्राप्त गरेका छन् । साथै श्रम संस्कृति पार्टीका तीन उम्मेदवार हाल मतगणनामा अग्रस्थानमा रहेका छन् ।

समानुपातिकतर्फको मतगणना
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ पनि मतगणना जारी छ । हालसम्म १९ लाख ४५ हजार १५५ मत गणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

गणना भएका मतमध्ये रास्वपाले सबैभन्दा धेरै १० लाख ४६ हजार मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ३ लाख ४७ हजार मत पाएको छ भने नेकपा एमालेले २ लाख ७५ हजार मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले १ लाख २१ हजार मत हासिल गरेको आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २४, आईतवार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP